शनिबार, १९ जेष्ठ २०८१
20486 views
20486 views
काठमाण्डौँ । नेपालका ७७ जिल्लामध्ये हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी जिल्लागत अधिकतम् गरिबीको दरको आधारमा छानिएका २६ जिल्लाहरूमा गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयमार्फत् विक्रम सम्वत् २०७० सालमा गरिब घरपरिवार पहिचान सर्वेक्षण सञ्चालन गरिएको थियो।
गरिब घरपरिवार सहयोग समन्वय बोर्ड विघटन भई हाल भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा अन्तर्गत गरिब पहिचान तथा मापदण्ड शाखाले तत्कालिन बोर्डले गरेका कार्यहरु सम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको छ।
काठमाडौ महानगरपालिकाका ३२ वटै वडाहरुमा यो कार्यक्रम संचालनका लागि नेपाल सरकार भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयवाट बजेट तथा कार्यक्रम प्राप्त भएको र सोही बमोजि गणना कार्य शुरु गर्न लागिएको हो । काठमाडौ महानगरपालिका भित्र २१ जना सुपरिवेक्षक र २०९ जना गणकहरु छनोट गरी तालिका मार्फत तथ्याङ्क संकलन गर्नका लागि घरघरमा पठाईएको छ।
एक जना सुपरिवेक्षक अन्तर्गत १० जना गणक रहेने गरी जिम्मेवारी प्रदान गरिएको र प्रति महिना २५० घरपरिवारको दरले पाँच महिना सम्म गणना गरिने छ। तथ्याङ्क संकलन भए पश्चात भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयवाट प्राप्त विवरण अनुसार गरिब घरपरिवार पहिचान गरी परिचय पत्र वितरण गरिने छ।
गत विगत आ.ब.मा तथ्यांक संकलन भएका जिल्लाका स्थानीय तहहरु मध्ये काठमाण्डौ जिल्लाका काठमाण्डौ महानगरपालिका लगायत सप्तरी जिल्लाका ४ वटा गा.पा. धनुषा जिल्लाको १ गा.पा. र दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका गरी जम्मा ७ वटा स्थानीय तहहरुमा विविध कारणवश तथ्यांक संकलन हुन नसकेकोले चालु आ.व. २०८०र८१ मा उक्त स्थानीय तहहरुमा तथ्यांक संकलन गर्ने कार्यक्रम रहेको छ।
यो कार्यक्रममा संकलन गरिएका विवरणहरु तथ्याङ्क ऐन २०७९ अनुसार गोप्य रहनेछन् । सुपरिवेक्षक तथा गणकले उत्तरदाता र गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा संकलित सम्पूर्ण विवरणहरु गरिवघरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यमा मात्र प्रयोग गरिनेछ ।
गरिब भन्नाले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र बितरण निर्देशिका,२०७५ को अनूसुची –१ बमोजिमका सुचकका आधारमा पहिचान गरिएको व्यक्ति वा परिवारलाई सम्झनु पर्दछ ।
— १) जनसांख्यिक तथा मानवीय अवस्थाः परिवारको आकार, परिवारको शैक्षिक अवस्था, परिवारमा निजी स्कुलमा अध्ययनरत बालबालिका,पारिवारिक औसत आयु,
— २) परिवारका सदस्यको रोजगारीको अवस्थाः आम्दानीको स्रोत, परिवारमा आश्रित व्यक्तिहरुको संख्या,
— ३) बसोबास९घर० को भौतिक अवस्थाः घरको स्वामित्व, घरको छाना, घरको जगको प्रकार, घरमा भएको कोठा संख्या
— ४) घरायसी सुविधाः पिउने पानीको उपलब्धता, शौचालयको सुविधा र प्रकार, खाना पकाउने इन्धन, बत्तीको स्रोत
— ५) घरायसी सम्पत्तिः गाडी, इन्टरनेट जडान, केवल टेलिभिजन, टेलिफोन रेफ्रिजेरेटर, पशुचौपाया र चराचुरुङ्गीको संख्या आदी ।
— ६) भौगोलिक क्षेत्र तथा क्षेत्रगत गरिबीको अवस्थाः भौगोलिक क्षेत्रगत अवस्था (हिमाल, पहाड, तराई)
— ७) जातजातिगत गरिबीको अवस्थाः सीमान्तकृत जातजातिगत समूह,
— ८) जग्गा जमिनको अवस्था र यसको अनुमानित मुल्य,
— ९) परिवारको आम्दानीः माथि उल्लेखित चरहरुलाई आधार मानेर परिवारको समग्र अनुमानित आम्दानीको प्रक्षेपण गर्ने