३१ भाद्र २०८१, सोमबार

ताजा खबर

कीर्तिपुरस्थित नमूना विद्यालयद्वय जनसेवा मावि र मंगल माविमा क्रमशः सिनियर डिभिजन्को तालिम हुुदै

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

1939 views

1939 views

कीर्तिपुरस्थित नमूना विद्यालयद्वय जनसेवा मावि र मंगल माविमा क्रमशः सिनियर डिभिजन्को तालिम हुुदै

कीर्तिपुर - कीर्तिपुरस्थित नमूना विद्यालयद्वय जनसेवा मावि र मंगल माविमा क्रमशः सिनियर डिभिजन्को तालिम हुने भएको छ।यही साउन ३१ गतेदेखि हुने उक्त तालिममा पुरुष र महिला गरी जम्मा ३६ जनाको सहभागिता हुने तालिम प्रमुख दिपककुमार श्रेष्ठले बताएका छन् ।


जनसेवा माविमा २०४२ सालतिर एकपल्ट राष्ट्रिय सेवा दलको तालिम संचालन भएको अभिलेख छ । त्यस यता यो दोश्रो पल्टको तालिम हुने संयोजक शिक्षक लक्ष्मण महर्जनले बताए । यही साउन २५ र २७ गते विद्यार्थीहरुको मेडिकल टेष्टसहित छनोट गरी नाम सूची प्रकाशित गरिएको छ । प्रत्येक समूहमा २–२ जना बैकल्पिक सूची पनि प्रकाशित गरिएको छ ।


मेडिकल छनोटमा सफल विद्यार्थीलाई साउन २८ गतेनै पोशाकसहितको हाजिरी तालिम हुने प्रशिक्षक समूह गूरुले विद्यालयलाई जानकारी दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?