२९ फाल्गुन २०८१, बिहीबार
ताजा खबर

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

नागरिक पोष्ट

बुधबार, २८ फाल्गुन २०८१

834 views

834 views

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । काठमाडौंमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण आज हवाई उडानसमेत प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?