३१ भाद्र २०८१, सोमबार

ताजा खबर

काठमाडौं महानगरकी उपमेयर डङ्गोलले आफ्नो फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा दिइन् उजुरी

नागरिक पोष्ट

बिहीबार, ३१ श्रावण २०८१

2296 views

2296 views

काठमाडौं महानगरकी उपमेयर डङ्गोलले आफ्नो फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा दिइन् उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डङ्गोलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर फेक भिडियो बनाउनेमाथि साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

 

केही दिनअघि एआईको प्रयोग गरी बनाइएको डीपफेक भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो जसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर डङ्गोलले चुम्बन गरेको देखिएको थियो।

सोही विषयमा हिजो साउन ३० गते उपप्रमुखको सचिवालयमार्फत् साइबर ब्युरोलाई पत्राचार गरिएको हो। यसअघि पनि सामाजिक सञ्जालका बारेमा उक्त सचिवालयमार्फत् पत्राचार भइसकेकोले यसलाई पुन: पत्रचारका रुपमा लिइएको छ।

उक्त पत्रमा उपप्रमुख सुनिता डंगोलको नाम जोडेर खोलिएका अनधिकृत सामाजिक सन्जाल फेसबुक पेजहरु हटाई त्यस्ता प्रयोगकर्ताहरुलाई आवश्यक कारवाही गर्न आग्रह गरिएको छ।

पत्रका अनुसार यसअघि गत जेठ १३ गते र  असार २५ गते यसैसम्बन्धमा पत्रचार गरिसकिएको भए पनि अहिलेसम्म पनि ती समाजिक सन्जाल फेसबुक पेजहरु प्रयोगमै रहेका पाइएको छ।

तसर्थ एआई प्रविधिवाट फोटो तथा भिडियो एनिमेसन गर्नेले तिनै फेसबुक पेजहरुमा हालेर चरित्रहत्या गर्नेसम्मको काम गरेको पाइएकाले अनुसन्धान गरी ती भिडियो, फोटो तथा समचारहरुलाई सकेसम्म छिटो हटाइदिन साथै प्रयोगकर्तालाई कानुन बमोजिम कारबाही गरिदिन आग्रह गरिएको छ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सन्जालमा हाली व्याक्तिको चरित्रहत्या गर्नेसम्मको कार्यहरु भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समचारहरु हटाइदिनुहुन र प्रयोगकर्तालाई कानुन बमोजिम कारवाही गरि सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?