६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

नागरिक पोष्ट

बिहीबार, १ कार्तिक २०८१

460 views

460 views

हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दु राष्ट्र संविधानमा नभइ स्वाभिमानमा चाहिने धारणा राखेका छन्‌ ।

बुधबार साँझ फेसबुक स्टाटसमा कवितांश पोष्ट गर्दै बालेनले हिन्दु राष्ट्रबारे उल्लेख गरेका हुन्‌ ।


दशैँका बेला पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाएका सन्दर्भलाई लिएर केही दक्षिणपन्थी नेताहरूले राजतन्त्र र हिन्दु राष्ट्रको प्रसङ्ग उठाइरहेका छन्‌ ।

महानगरप्रमुख बालेनले चाहिँ दशैँकै अन्तिम दिन बेलुकी हिन्दु राष्ट्रको औचित्यबारे कविता नै पोष्ट गरे ।


उनले लेखेका छन्‌-

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?