६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नागरिक पोष्ट

सोमबार, २१ आश्विन २०८१

1939 views

1939 views

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?