६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

दशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

सोमबार, २१ आश्विन २०८१

2024 views

2024 views

दशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालीहरुको महान चाड दशैंसँगै नजिकिँदैं गरेको चाडहरु तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्वलाई लक्षित गरि स्वतन्त्र पकार संघ नेपाल काठमाण्डौँ जिल्ला शाखाले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाण्डौँको सामाखुशी स्थीत हीमालयन फीयुजन रेष्ट्रो एण्ड व्यागंक्युटमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ब्रविम बस्नेतद्धारा लिखित चौथो मनोविज्ञान पुस्तक विमोचन समेत गरिएको थियो । साथै लेखकद्धारा पुस्तकको बारेमा बर्णन समेत गरिएको थियो । 


स्वतन्त्र पत्रकार संघ नेपाल काठमाण्डौँ शाखाकोे अध्यक्ष पुष्कर राज पाण्डेकोे अध्यक्षता तथा नेपाली कांग्रेसका नेता, सांसद एवम् पूर्व मन्त्री भीमसेन दास प्रधान को प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ संचारकर्मी श्री राम पुडासैनी,काठमाण्डौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापा,तारकेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सम्भु प्रसाद फुयाँल,वरिष्ठ समाजसेवी तथा व्यवसायी रुद्र कुमार जोशी,बडी विल्डर खेम राज निरौला,समाजसेवी तथा राजनितिज्ञ यादव कोईराला,आईसीटि पत्रकार विकास मन्चका संस्थापक अध्यक्ष भरत राज उ्रप्रेती,लेखक ब्रविम बस्नेत,समाजसेवी हरि सुवेदी,गायक तथा मोडल श्री सुधिर श्रेष्ठज्यु,समाजसेवी तथा फीयुजन रेष्ट्रो एण्ड व्यागंक्युटका म्यानेजर किश्वर भट्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति प्रधानले अविरल वर्षका कारण देशमा विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै स्वतन्त्र पत्रकार सघंले आयोजना गरेको शुभकामना आदान–प्रधान कार्यक्रम मार्फत सबैलाई बाढी पहिरोमा परेकालाई आफुले सक्ने सहयोग गर्न अपिल समेत गरे । यस्तो विशम अवस्थामा पनि आफ्नो धर्म संस्कृती जर्गेना गर्नु पनि उत्तिकै महत्वपुर्ण भएकाले यस स्वतन्त्रपत्रकारले स्वतन्त्र रुपमा कार्यक्रम गरे जसरीनै सबै ठाउँको समाचार पनि उतिकै निस्ठावान र कर्तव्य सम्झेर समाचार लेख्न उनले उपस्थित सबै पत्रकारलाई आग्रह गरे ।


उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले बडा दसैँ दीपावली र छड पर्वले सबैमा सुख शान्ति र समृद्धी प्राप्त होस् भन्ने कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?