१८ पुष २०८१, बिहीबार
ताजा खबर

राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन- ट्रम्प

नागरिक पोष्ट

मंगलवार, ८ आश्विन २०८१

2534 views

2534 views

राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन- ट्रम्प

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको राष्ट्रपति चुनाव हारे भने आफूले फेरि चुनाव नउठने बताएका छन् ।

सिन्क्लेयर मिडिया समूहसँगको अन्तर्वार्तामा ट्रम्पलाई यस पटक कमला ह्यारिससँग हारे भने २०२८ मा फेरि चुनाव लड्ने हो ? भनेर सोधिएको थियो । यसको जवाफ दिँदै ट्रम्पले भने, ‘मलाई लाग्दैन कि यस्तो हुन्छ। म फेरि चुनाव लड्ने छै न। तर, मलाई आशा छ, हामी यसपटक सफल हुनेछौं ।’ ट्रम्प पछिल्ला ३ चुनावमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

अमेरिकी कानुन अनुसार दुई पटक राष्ट्रपति बनेपछि कुनै पनि व्यक्ति चुनाव लड्न पाउँदैन । यस्तो अवस्थामा ट्रम्पले जितेमा उनको दोस्रो कार्यकाल हुनेछ र उनी अमेरिकामा अर्को चुनाव लड्न सक्ने छैनन् । 

त्यस्तै पछिल्ला ४ दिनमा ट्रम्पले चुनाव हार्ने सम्भावनाको बारेमा बोलेको यो दोस्रो पटक हो ।  ट्रम्पले भनेका थिए– मैले हारे भने यहूदी जिम्मेवार हुनेछन् । यसअघि ट्रम्पले हरेक र्‍याली, प्रचार र सामाजिक सञ्जाल पोस्टमा अमेरिकी राष्ट्रपति चुनाव जित्ने दाबी गर्दै आएका थिए । यसअघि सेप्टेम्बर १९ मा ट्रम्पले इजरायली-अमेरिकन काउन्सिलको एक कार्यक्रममा आफूले चुनाव हारे भने मुख्यतया यहुदीहरूको कारणले हुने बताएका थिए । ट्रम्पको यो भनाइको कमला ह्यारिसको टोलीले आलोचना गरेको थियो ।

ट्रम्पको बयानमा हारको उल्लेख कमलाको बढ्दो लोकप्रियतासँग जोडिएको छ । वास्तवमा, राष्ट्रपति बाइडेन चुनावी दौडबाट पछि हटेपछि, डेमोक्र्याटिक पार्टीले पूर्व-चुनाव सर्वेक्षणहरूमा राम्रो प्रदर्शन गरिरहेको छ ।

अमेरिकाको राष्ट्रिय सर्वेक्षण सर्वेक्षणमा कमला ट्रम्पभन्दा अगाडि छिन् । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजको सर्वेक्षणमा कमलाले ५२ प्रतिशत भोट पाउने अनुमान गरिएको छ भने ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ । सबैभन्दा कडा प्रतिस्पर्धा हुने अमेरिकी राज्यमा पनि कमलाले पूर्वराष्ट्रपतिको तुलनामा २ प्रतिशत बढी भोट पाइरहेकी छन् । तर, केही मामिलामा ट्रम्प उपराष्ट्रपति कमलाभन्दा अगाडि छन् ।

कमला ह्यारिस अमेरिकी राष्ट्रपति चुनावमा पहिलो अश्वेत महिला उम्मेदवार हुन् । कमला राष्ट्रपति भएमा अमेरिकाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछिन् । ५९ वर्षीया कमला ह्यारिस रिपब्लिकन वा डेमोक्रेटिक पार्टीबाट मनोनीत हुने अमेरिकाकी दोस्रो महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?