६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सर्वाेत्कृष्ट शब्द रचना अवार्ड डा. शाहलाई

नागरिक पोष्ट

सोमबार, ७ आश्विन २०८१

1395 views

1395 views

सर्वाेत्कृष्ट शब्द रचना अवार्ड डा. शाहलाई

काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ ।

‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टोरी गीत “पहिलो भेटमै नजर जुध्यो” बोलबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हो ।

दुप्चेश्वर म्युजिक प्रालि, मनखुसि फाउन्डेसन र करण ड्रिम्सले संयुक्त रूपमा आयोजना गरेको उक्त अवार्डमा दर्शक तथा श्रोता मार्फत उहाँको शब्द रचना रहेको गीत सबैभन्दा उत्कृष्ट ठहरिएको हो । उक्त अवार्ड कार्यक्रममा गायन तथा संगीत क्षेत्रबाट मनोनयनमा परेकाहरूमध्येबाट उत्कृष्ट भएकाहरुलाई अवार्ड वितरण गरिएको थियो । अवार्डका लागि प्रतिश्पर्धामा रहेका गित मध्ये डा.शाहको गीतलाई सबैभन्दा धेरै दर्शक तथा श्रोताले मन पराएर अवार्ड प्रदान गरिएको आयोजकहरुले जनाएका छन् ।

डा. शाहको सो गीतमा तोरेम्पा हाङ्गको संगित र राजु कार्कीको एरेन्ज रहेको छ भने समिर सिटौलाको सुमधुर आवाज रहेको छ । गीतमा पहिलो भेटमै नजर जुधेपछि दोस्रो भेटमा माया बसेको र त्यसपछि मायालुलाई जिन्दगीभर खोजिरहेको भाव व्यक्त गरिएको छ । शब्द रचनाकार शाहले पहिलो भेटमा नजर जुधेपछि बसेको मायालाई प्रेमिल ढंगबाट शब्दमा उतार्नुभएको छ। डा.शाहको शब्द रहेको उक्त गीत रेडियो कान्तिपुरको हट सर्टमा पर्न सफल भई एक महिनासम्म रेडियोबाट दर्शकहरूले सुन्ने अवसर पाएका थिए ।

यसैगरी, बोलोचोक विकास समितिको आयोजनामा केही समय अघि भएको शिवसताक्षी अनलाईन सिङ्गिङ कम्पिटिसनले प्रतीभा भएका नयाँ कलाकारहरूलाई समेत स्थान दिन सफल भएको समितिका अध्यक्ष डा.शाहको अनुभव छ ।

लामो समयदेखि नेपाली साहित्य र गीति लेखनमा सक्रिय डा।शाहका गीतहरू अहिले लोकप्रिय छन । गीतसङ्गीतबाट समाजलाई चेतनाका कुराहरू सुसूचित गराउन सफल डा.शाहले अवार्ड पाएपछि अगाडि बढ्न थप हौसला मिलेको बताउनुभएको छ । ‘यस वर्षको पहिलो गीतबाट अवार्ड पाएँ‚ खुसीका साथै जिम्मेवार थपिएको महसुस गरेको छु’ उहाँले भन्नुभयो‚‘ अवार्ड पाउँदा मैले साँच्चै प्रशंसा र मूल्यवान् महसुस गरेको छु। यो अवार्डले मेरो काममा थप केन्द्रित र समर्पित रहन मद्दत गर्नेछ।’

झापा निवासी शाह गीतका माध्यमबाट नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन एवं आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि आफुले गीत लेख्ने गरेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?