६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

रोयल इनफिल्ड वान राईड २०२४ संम्पन्न

नागरिक पोष्ट

सोमबार, ७ आश्विन २०८१

953 views

953 views

रोयल इनफिल्ड वान राईड २०२४ संम्पन्न

काठमाडौं । Be Bold | Be Seen | Be One भन्ने मुल नाराका साथ बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी “रोयल इनफिल्ड”को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२४ कार्यक्रम संम्पन्न गरेको छ । रोयल इन्फिल्ड ले प्रत्यक वर्ष One Ride विश्वका ५०+ देश ५०० + प्रख्यात शहर १०००+ राइडस् ३००००+ राइडरस्ले एकै साथ राइड गरीएको छ ।

 

वान राईड २०२४ कार्यक्रम यही असोज ६ गते, विहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना सहभागीहरु लाई दिइएको थियो ।


नेपालमा काठमाडौं लगायत १७ मुख्य शहरहरु बिर्तामोड, धरान, इटहरी, राजबिराज, जनकपुर, वीरगंज, हेटौडा, नारायणगद, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुरखेत, नेपालगंज, धनगडी बाट जम्मा ४५० भन्दा धेरै राइडरहरुले सहभागी जनाए ।


देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्धेश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक मा. वि. का सबै विद्यार्थीहरुलाई हुने गारि खेलकुद र पचास हजार नगद सहयोग वितरण गरिएको थियो । खेलकुद साम्रगी हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधनाधापक, अल्फा अटोमोटिभका आधिकारीहरु समेत सहभागी थिए ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन ४५०, क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन Scram 411, Hunter 350 मोटरसाइकलका साथै १२५ भन्दा धेरै सहभागी भएका थिए । वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने र PURE RIDE को उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो ।

यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?