६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आज संवैधानिक परिषद् बैठक बस्दै : प्रधानन्यायाधीश सिफारिस हुने

नागरिक पोष्ट

सोमबार, ३१ भाद्र २०८१

1531 views

1531 views

आज संवैधानिक परिषद् बैठक बस्दै : प्रधानन्यायाधीश सिफारिस हुने

काठमाडौं । सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्दैछ। शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने भन्दै बैठक आजको लागि सारेको थियो।

बैठकमा सहभागी सदस्यरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बैठक बोलाएका हुन्।


सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ। रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसदमा संसदीय सुनुवाइ समितिमा पठाउने छ।

आज बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिनेछ।


प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षताको संवैधानिक परिषद् सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?