६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल

नागरिक पोष्ट

सोमबार, ३१ भाद्र २०८१

3027 views

3027 views

धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल

काठमाडौं  । काठमाडौंको देवीनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ । हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट धोबिखोलामा खसेको बा २ ज १७९२ नम्बरको ट्याक्सीलाई बाढीले बगाएको थियो ।

उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको हो । ट्याक्सी चालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।


उनले ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?