६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

अर्थतन्त्र, वित्त व्यवस्थापन र सम्बन्धित विषयमा आधारित २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नागरिक पोष्ट

आईतवार, ३० भाद्र २०८१

1786 views

1786 views

अर्थतन्त्र, वित्त व्यवस्थापन र सम्बन्धित विषयमा आधारित २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडाैं। पछिल्लो समय नेपालले आर्थिक विकासमा सामान्य प्रगति गरेको छ । यद्यपि, वित्तीय समावेशीकरण, दिगो वृद्धि र क्षेत्रीय एकीकरण जस्ता चुनौतीहरू यथावत छन् । यी चुनौतीहरुको सम्वोधन गर्न नेपाल खुला बिश्वविद्यालयले सयुक्य अधिराज्य स्थित कार्डिफ विश्वविद्यालय लगाएत नेपाल राष्ट्र बैंक, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय संगको सहकार्यमा यहि भाद्र २३ र २४ गते अर्थतन्त्र, वित्त व्यवस्थापन र यो संग सम्वन्धित अन्य विषयवस्तुहरु शीर्षकमा अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

यस सम्मेलनको मुख्य उदेश्य अन्तराष्ट्रिय स्तरका अनुसन्धानकर्ता, अभ्यासकर्ता, नीति निर्माता, अनवेशक, र अध्यताहरुलाई एकसाथ ल्याएर अर्थतन्त्र, वित्त व्यवस्थापन र यो संग सम्वन्धित अरु विषयवस्तुहरुका अत्याधुनिक अनुसन्धानहरु वाट आएका नवीनतम निष्कर्षहरू प्रस्तुत गरी त्यसका मूल भूत मुद्दाहरुको गहिरो विषलेण र छलफल गरी नेपालको शैक्षिक क्षेत्रको क्षमता बिृद्धि गर्ने र नेपालको शैक्षिक क्षेत्रको अन्तराष्ट्रिय अनुसन्धानकर्ताको सञ्जाल संग सामीप्यता वृद्धि गर्नु रहेको छ ।

सम्मेलनका विषयवस्तुहरू नेपालका विकास प्राथमिकताहरू र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू विशेष गरी गरिबी न्यूनीकरण, मर्यादित काम र दिगो आर्थिक वृद्धिसँग सम्बन्धित छन् ।

यस सम्मेलन मार्फत नेपाली र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरू बीचको सहकार्यलाई बढावा दिई उनीहरु बीच अनुसन्धानमुलक लेखहरुको सह–प्रकाशन गर्न प्रेरित गर्दै आगामि दिनहरुमा नेपालको अर्थतन्त्रको विषलेषणात्मक अध्ययनमा टेवा दिने रहेको छ । नेपालको अनुसन्धान क्षमता प्रदर्शन गरी अन्तराष्ट्रिय उत्कृष्ट अभ्यासहरू संग सामीप्यता प्रदान गर्नु पनि यस सम्मेलनको उदेश्य रहेको छ ।

यस सम्मेलनले नेपालको आर्थिक र वित्तीय चुनौतिहरूलाई सम्बोधन गर्ने प्रमाणमा आधारित नीतिहरूको विकासमा गर्न योगदान गर्ने छ । यस सम्मेलनको आयोजना सगं सगैं नेपाल खुला विश्वविद्यालयलाई अर्थशास्त्र र वित्त अनुसन्धानको उत्कृष्ट केन्द्रका रूपमा बिकास गर्ने पनि लक्ष्य रहेको छ ।

यस सम्मेलनको उद्धाटन सत्रलाई सम्वोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा मौद्रिक नीतिको बिकासका बिषयमा प्रकाश पार्दै हाल नेपाल डिजटल युगमा प्रवेश गरेमो उल्लेख गर्नुभयो । देशको दिगो आर्थिक वृद्धिलाई परलक्षित गर्दे राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको र यस सम्मेलनले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रको विश्लेषणात्मक अध्ययन मा टेवा दिन्दै नीति निर्माणमा पनि सधाउने उहाँले बताउनुभयो ।

नेपाल खुला बिश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले सम्मेलनको उदेश्य माथि प्रकाश पार्दै अन्तराष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु संग सामीप्यता बाढाउन्दै नवीनतम सोचका साथ नेपालको शिक्षा क्षेत्रको क्षमता बिकास गर्नु रहेको बताउनुभयो साथै यस सम्मेलनको आयोजनाले नेपालमा प्रमाणमा आधारित नीतिहरूको विकासमा टेवा दिने उहाँकाे भनाइ छ ।

त्यस्तै कार्डिफ विश्वविद्यालयका प्राध्यापक कुल लुइटेलले सम्मेलनमा को उदेश्य र हाल को समयमा सान्दर्भिक्ता प्रस्तुत गर्नु भयो ।

सम्मेलनका मुख्य वक्ताहरुमा नर्वेजियन बिजनेस स्कुलमा प्राध्यापक फाबिय क्यानोभा र पेकिङ्क विश्वविद्यालयका प्राध्यापक योङ्क वाङ्क हुन् भने सम्मेलनमा कार्डिफ विश्वविद्यालयका प्राध्यापक प्याट्रिक मिनफोर्डको पनि सहभगाति रहेको छ । सम्मेलनमा बिभिन्न देशका गरी १० कार्यपत्रहरु प्रस्तुर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?