२३ भाद्र २०८१, आईतवार

ताजा खबर

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

2449 views

2449 views

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

 

ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यसबेला उनी कामका दौरान विदेशमा थिए । विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । गायक ओडले जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

ओड नेपाल आइडल सिजन २ का विजेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?