१९ माघ २०८१, शनिबार
ताजा खबर

कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो

नागरिक पोष्ट

सोमबार, ३२ असार २०८१

6342 views

6342 views

कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो

काठमाडौं । टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनलको समय पटकपटक परिवर्तन गरिएको छ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय तीन पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो।


यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५:४५ मा हुने तालिका थियो। कोपाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्। पहिलो पटक आधा घण्टा, दोस्रो पटक १५ मिनेट र तेस्रो पटक २० मिनेट समय सारिएको हो।


कोपा अमेरिकाको फाइनलमा भेट हुन लागेको अर्जेन्टिना साविक विजेता हो। कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?