२३ भाद्र २०८१, आईतवार

ताजा खबर

फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ?

नागरिक पोष्ट

मंगलवार, २६ असार २०८१

2874 views

2874 views

फिल्म ‘धुरंधर’मा सँगै देखिएलान् त सञ्जय र रणवीर ?

काठमाडौं। बक्स अफिसमा ब्लकबस्टर सावित भएको फिल्म ‘उरी’का निर्देशक आदित्य धर नयाँ प्रोजेक्टको तयारीमा छन् । 

धरको नयाँ फिल्म ‘धुरंधर’मा नायक सञ्जय दत्त काम गर्ने पक्का भएको छ । यो वर्षको अन्त्यमा छायांकनमा निस्कने योजनामा निर्माण टिम पुगिसकेको छ । 


यो फिल्म मुम्बईको अन्डरवर्ल्ड डनको कथामा आधारित रहेको छ । जसमा सञ्जयको प्रमुख मध्येको एक भूमिका रहने बताइएको छ । उनले खलपात्र भूमिका निर्वाह गर्ने चर्चा बाहिरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

यस फिल्मको केन्द्रीय पात्रका लागि रणवीर सिंहलाई धरले प्रस्ताव गरेका छन् । उनी सकारात्मक भए पनि अनुबन्ध भने भइनसकेको चर्चा छ । 


उनीसँगै अर्जुन रामपाल र माधवनलाई यस फिल्मका लागि प्रस्ताव गरिएको छ । यो फिल्मलाई मल्टिस्टारर प्रोजेक्टका रुपमा निर्माण गर्ने सोचमा धर रहेका छन् । हाल यो फिल्मको प्रि-पोडक्सनको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?