६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आर के हस्पिटालिटीमा अन्तर्राष्ट्रियस्तरकाे किचन ल्याब सञ्चालन

नागरिक पोष्ट

मंगलवार, २६ असार २०८१

3622 views

3622 views

आर के हस्पिटालिटीमा अन्तर्राष्ट्रियस्तरकाे किचन ल्याब सञ्चालन

पाेखरा । देशकै पर्यटकीय राजधानी पोखरामा अन्तराष्ट्रिय स्तरकोे किचन ल्याब सञ्चालनमा आएको छ ।

आईतबार एक कार्यक्रमका बिच उक्त अन्तर्राष्ट्रियस्तरकाे किचन ल्याबकाे होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गरेका हुन्। चार वर्ष अघिदेखि पाेखरा सिर्जनाचोकमा सञ्चालित आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले  कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएकाे हाे ।

पर्यटकीय राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै हाेटल संघ पाेखराका अध्यक्ष सुवेदीले  उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताए । 

यस्तै, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई व्यबहारिकतामा उतार्न आग्रह गरे ।

आर.के.हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेकाले विद्यार्थीहरूले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनकाे जोड छ ।

देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा प्रशिक्षक आर.के.लामा बताउँछन् । 

विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उनले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताए ।  

आफुहरूले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउँदै आएकाे समेत सञ्चालक लामाले बताए  । 
 
यस संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भैसकेको उल्लेख गर्दै उनले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको बताए  । 

सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?