९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा

नागरिक पोष्ट

आईतवार, २४ असार २०८१

2891 views

2891 views

प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।

आजको बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । यसअघि असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा रहेको एमाले गत सोमबार कांग्रेससँगको सहमतिसँगै आजदेखि प्रतिपक्षमा बसेको हो ।


नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षको लाइनमा बसेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?