७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनचाँदीकाे भाउ कति ?

नागरिक पोष्ट

सोमबार, १८ असार २०८१

3384 views

3384 views

सुनचाँदीकाे भाउ कति ?

काठमाडौं, १७ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदी शक्रबारकै भाउमा कारोबार भईरहेको छ ।


छापावाल सुन यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेर शुक्रबारकै भाउ तोलाको १ ह्ज्ँर ७ सइ ९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?