१८ पुष २०८१, बिहीबार
ताजा खबर

९० जना महानगर प्रहरी अधिकृतलाई क्षमता विकास तालिम

नागरिक पोष्ट

आईतवार, ३ असार २०८१

6801 views

6801 views

९० जना महानगर प्रहरी अधिकृतलाई क्षमता विकास तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाले ३५ जना ‘सिनियर प्रहरी अधिकृत’ र ५५ जना ‘जुनियर प्रहरी अधिकृत’ गरी ९० जनालाई नगर प्रहरीलाई क्षमता विकास तालिम दिएको छ । सिनियर अधिकृतलाई २ समूहमा र जुनियर अधिकृतलाई २ समूहमा विभाजन गरेर कर्तव्य पालना सँगसँगै तालिमका लागि समय व्यवस्थापन गरिएको हो ।
 
स्थानीय सरकार सञ्चालन, सहरी व्यवस्थापन र मानव अधिकारका विषयलाई तालिममा समेटिएको थियो । महानगर प्रहरी बलप्रति नागरिकमा विकास भएको विश्वाशलाई बचाउन प्रहरीको व्यक्तित्वको भूमिका, संस्थागत क्षमता विकाससँग सम्बन्धित भएका र हुनुपर्ने विषयका सत्रहरु सञ्चालन गरिएका थिए । ‘कमाण्डरको विवेकपूर्ण नेतृत्व’, ‘प्रहरीका आचरणप्रति प्रतिवद्ध’लाई तालिममा जोड दिइएको थियो । यस्तै नगर प्रहरी र नागरिक सम्बन्ध, प्रहरीको व्यावसायिक जीवन, दैनिक सम्पादन गरिरहेका काम, कर्तव्य पालना गर्दाका अवसर, सहरी व्यवस्थापनका चुनौती, यस्ता चुनौती सामना गर्न अपनाइएका र अपनाउनु पर्ने रणनीति, नीति र नेतृत्वप्रतिका दायित्वलगायत विषयमा अन्तरक्रियात्मक प्रस्तुति भएका थिए । 
 
 
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?