४ असार २०८१, सोमबार

ताजा खबर

प्रभु बैंक र हेयर एण्ड शान्ति युनीसेक्स हेयर सैलुनबीच छुट सम्झौता

नागरिक पोष्ट

शुक्रबार, २५ जेष्ठ २०८१

1327 views

1327 views

प्रभु बैंक र हेयर एण्ड शान्ति युनीसेक्स हेयर सैलुनबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई कमलादीको हेयर एण्ड शान्ति युनीसेक्स हेयर सैलुनमा सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि।का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्ड शान्तीमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा ९थ्रेड्रिङ्ग बाहेक० ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने बताइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका