७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

नागरिक पोष्ट

बिहीबार, २४ जेष्ठ २०८१

4965 views

4965 views

प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

काठमाडौँ। प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३९१ सेटमा पराजित गर्‍यो । खेलको पहिलो सेट २२९२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

एपिएफले खेलको दोस्रो सेट २५९१२, तेस्रो सेट २५९१४ र चौथो तथा अन्तिम सेट २५९१९ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३९१ को सेटमा हराएको थियो । त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३९१, नेपाल पुलिससँग ३९२ तथा आर्मी र हेल्प नेपालसँग समान ३९० सेटको हार ब्यहोरेको थियो ।

प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३९० तथा सुदूरपश्चिसँगको खेल ३९१ सेटमा पराजित भएको थियो ।

आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३९० र एभरेस्टले एपिएफलाई ३९२ को सेटमा पराजित गर्दै विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?