१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती

नागरिक पोष्ट

बिहीबार, २४ जेष्ठ २०८१

11714 views

11714 views

टी-२० विश्वकप – पिएनजीले युगान्डालाई दियो ७८ रनको चुनौती

काठमाडौं । आईसिसी टी(२० विश्वकप अन्तर्गत बिहीबार बिहान जारी खेलमा खेलमा पपुवा न्युगिनी ९पिएनजी०ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजी १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको हो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।


पिएनजीलाई सस्तैमा समेट्न टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिए भने एक जनाले एक विकेट हात पारे।
अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी,
फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिए भने ब्रायन मसाबाले एक विकेट लिए।

समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?