१९ माघ २०८१, शनिबार
ताजा खबर

आगामी कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

10558 views

10558 views

आगामी कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडाैं, २३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । आगामी कात्तिकदेखि चैतसम्म दिनहुँ राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द बन्द गर्न लागिएको हो ।

अहिले बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको काठमडौं विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ सम्महरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ ।

विमानस्थलमा हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गर्न नयाँ ट्याक्सीवेलाई विद्यमान ट्याक्सीवे प्रणाली र धावनमार्गसँग जोड्ने, नयाँ एप्रोनसँग जोड्ने प्राधिकरणको योजना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?