१२ मंसिर २०८१, बुधबार
ताजा खबर

नेपाल स्तब्ध भएको विश्वकपको खेलमा फ्यानको साथ

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

5866 views

5866 views

काठमाडौं, जेठ २३ गते । अमेरिकाको डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपाल आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो । तर मैदानमा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्ने फ्यानले संसारको ध्यान खिँचेको छ ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८।४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । नेपालको हरेक बलमा फ्यानको हुटिङले संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान तानेको हो ।


अमेरिकाको टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपाली मैदानमै पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?