६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

नागरिक पोष्ट

बुधबार, १६ जेष्ठ २०८१

5968 views

5968 views

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

काठमाडौं  ।  दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।

यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो ।


दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको हो ।

फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट र समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो।


जेठ २४ गते हुने खेल साउदीको दमामामा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा स्थानीय समय अनुसार साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?