६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिताको तयारी

नागरिक पोष्ट

बिहीबार, १० जेष्ठ २०८१

6512 views

6512 views

सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिताको तयारी

काठमाडौँ  । सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

सोताकान कराते डो संघले काठमाडौँम  आयोजित पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई नेपालको विभिन्न प्रदेश र स्थानीय तहमा खेल प्रतियोगिता आयोजना गर्दै आएको सोताकान करातेँ डो संघले जेठ १९ गते देखि २० गते प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

सोताकान कराते (एसकेडीयुएन)को आयोजना र गाकर्णेश्वर नगरपालिकाको सह आयोजनामा प्रथम अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने तयारी करिब पूरा भएको सोताकान कराते (एसकेडीयुएन)का विशेष प्रशिक्षक चित्र श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी सोताकान कराते डो संघले, नेपालको विभिन्न प्रदेश सगै स्थानीय तहमा समेत खेल प्रतियोगिताको आयोजना गर्ने तथा प्रशिक्षण दिने गरेको सोताकान कराते डो संघका प्रमुख प्रशिक्षक दोर्जेमान तामाङले जानकारी दिनुभयो ।

प्रशिक्षक दोर्जेमान तामाङले भन्नुभयो,' सोताकान कराते (एसकेडीयुएन) विश्वका ३६ वटा राष्ट्रमा स्थापीत छ । म आफै पनि विभिन्न देशले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी भएको छु ।' त्यसैगरी आउने जेठ १९ देखि २० गते गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामामै करिब ७ वटा राष्ट्रका खेलाडीहरु सहभागी हुनसक्ने नेपाल सोतोकान कराते डो संघका अध्यक्ष बद्री बहादुर महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'खेल प्रतियोगिता आयोजनाको लागि हामीले करिब सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा खेलको उद्घाटन हुने तयारी गरेका छौँ ।'

नेपाल सोतोकान कराते डा संघबाट धेरै नेपाली खेलाडीहरु विश्वका विभिन्न देशले आयोजना गरेको प्रतियोगितामा सहभागी जनाई उपलब्धी प्राप्ती गरेका छन् । विश्वका विभिन्न देशमा पुगेर खेलमा सहभागी भएका खेलाडीहरुले नेपाललाई परिचित गर्ने काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?