६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

फिस्टेल एसइई कप स् उद्घाटनपूर्व १६ खेल सम्पन्न

नागरिक पोष्ट

सोमबार, ७ जेष्ठ २०८१

6036 views

6036 views

पोखरा, जेठ ६ । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटनपूर्व नै १६ ओटा खेल सम्पन्न भएका छन् । एसइई २०८० मा सम्मिलित भएका छात्रहरूका बिचमा भएको यस खेलमा पोखराका जम्मा ३३ विद्यालयले सहभागिता जनाएका छन् ।  यस खेलको औपचारिक उद्घाटन भने भोलि सोमबार हुनेभएको छ ।


माघ ५ गते शनिबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा हिमालयन बोर्डङ स्कुलका विरुद्ध कालिका माविले ८(१ को विशाल जित हात पार्‍यो । यस्तै दोस्रो खेलमा छोरेपाटन माविलाई ३(१ गोलअन्तरमा पोखरा पब्लिक माविले पराजित गर्‍यो । तेस्रो खेलमा ढुङ्गेसाँघु माविले सैनिक महाविद्यालयलाई २(० ले पराजित गर्दा चौँथो खेलमा डायमन्डलाई पेनाल्टी सुट आउटमा न्यु लेखनाथले पराजित गर्‍यो । यस्तै पाँचौँ खेलमा शिशुनिकेतनले बेसलाइनलाई १(० ले पराजित गर्दा छैटौँ खेलमा जनप्रिय माविले हिमाञ्चललाई २(१ ले पराजित गर्‍यो ।

आइतबार १० खेलहरू सम्पन्न भएका छन् । आइतबार सम्पन्न खेलमा बालोदय माविले बालमन्दिर माविलाई ३(१ गोल अन्तरले पराजित गर्दा जनप्रिय माविलाई ३(१ ले पराजित गर्दै शान्ति निकुन्ज मावि अगाडि बढेको छ । यसै गरी लिटिल फ्लावर माविले शुक्रराज माविलाई १(० ले पराजित गर्दा नेसनल इन्भेन्टिभले अमरसिंहलाई २(१ ले पराजित गर्‍यो । एलपी देवकोटाले जेसिएलाई १(० ले पराजित गर्दा भद्रकालीले गण्डकी बोर्डिङलाई २(० ले पराजित गर्‍यो ।

रेन्बो एकेडेमी र मेरीगोल्ड माविबिच भएको खेलमा ६(२ ले रेन्बो विजयी भयो । यस्तै वेलनन एकेडेमीले हिल पोइन्टलाई १(० ले पाखा लगायो भने विद्यानिकेतनले पेनाल्टी सुट आउटमा मदरल्यान्डमाथि कब्जा जमायो । आइतबार भएको अन्तिम खेलमा फिस्टेल एकेडेमीले साइनिङ स्टारमाथि २(१ को विजय हात पार्‍यो ।

एसइई कप २०८१ को औपचारिक उद्घाटन सोमबार हुने र विजेता तथा उपविजेताले व्रmमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?