आईतवार, ६ जेष्ठ २०८१
7175 views
7175 views
काठमाडौं । महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ६–० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो । महिला सुपर लिगमा चेल्सीको यो लगातार पाँचौँ तथा समग्रमा सातौँ उपाधि हो ।
चेल्सीका लागि मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन,मेलानी ल्युपोल्ज र फ्रान किर्बीले एक–एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै चेल्सीका रामिरेजले सुरुवाती गोल गरेका थिए । आठौँ मिनेटमा क्यानेरिडले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । टोलीको अग्रता दोब्बर बनाइन् ।
यस्तै, ४४औँ मिनेटमा नुस्केनले गोल गर्दै ३–० को अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–० गोलले अगाडि बढाए ।
यसैगरी, ल्युपोल्जले ४७औँ तथा किर्बीले ८५औँ मिनेटमा गोल गरेसँगै चेल्सी ६–० गोलले विजयी भयो ।
जितसँगै चेल्सीले २२ खेलबाट ५५ अंक जोड्यो । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।