११ चैत्र २०८१, मंगलवार
ताजा खबर

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नागरिक पोष्ट

शुक्रबार, ४ जेष्ठ २०८१

15301 views

15301 views

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई ४ वर्षको लागि नियुक्त गरिएको हो ।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरी १० वर्ष भन्दा बढी समय कार्य सम्पादन गरेका छन् । घिमिरेले ँऋऋब् साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट ९कुसुम० बाट भ्ःद्यब् पनि गरेका छन् ।


घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता रहेको छ ।


नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरी सो लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।

कम्पनीले पुँजी बजारका असिमित सम्भावना तथा यसको बहु–आयामिक पक्षको अध्ययन गरी नेपाली लगानीकर्तालाई सुरक्षित तथा लाभदायक लगानीका अवसर प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?