बुधबार, २ जेष्ठ २०८१
10524 views
10524 views
काठमाडौं । जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घटेको छ । सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन दर घट्ने भएको हो ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर गरेको छ । गत बैशाख २३ गते आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो ।
योसँगै अब न्यूनतम २।२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्नेछ । तर, यसअघि भने न्युन्तम ०.२७ प्रतिशतदेखि ०।४० प्रतिशतसम्म तिर्दै आएका छन् ।
हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ ।
५० हजारसम्मको कारोबारमा ०।३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०।३३ प्रतिशत कमिसन तिर्नुपर्नेछ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०।३६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०।२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०।२४३ प्रतिशत कमिसन तिर्नुपर्नेछ ।