बिहीबार, ६ मंसिर २०८१
1752 views
1752 views
काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से ०.१९ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.१९ अंक घटेर २७११.५५ को विन्दुमा झरेको छ।
सेसन अवधिमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर किनबेच भएको छ।
जसमा १७ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सेसनभर ४० कम्पनीको शेयर ८३ पटक कारोबार भयो ।