बिहीबार, ६ मंसिर २०८१
1752 views
1752 views
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।
पूर्वसभामुख ढुङ्गानाको गत आइतबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गाना लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।