२९ मंसिर २०८१, शनिबार
ताजा खबर

कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा(सूचीसहित)

नागरिक पोष्ट

शुक्रबार, २३ कार्तिक २०८१

1582 views

1582 views

कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा(सूचीसहित)

काठमाडौँ । बहालवाला ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ को कान्छाराम कन्स्ट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।


कार्यालयले आज एक सूचना जारी गर्दै दुई कम्पनीलाई साढे दुई वर्ष, अर्को दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्नेमा कान्छाराम कन्सट्रक्सन,एन.बी. कन्स्ट्रक्सन, द कञ्चनजंघा कन्स्ट्रक्सन र बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरूलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

उनीहरूले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालोसूचीमा राखिएको हो । 

कालोसूचीका परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?