६ मंसिर २०८१, बिहीबार
ताजा खबर

आईसीटी डे अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा पाइने

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

8127 views

8127 views

आईसीटी डे अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा पाइने

 राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेसनल आईसीटी डे) को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आईसीटी डे अफर उपलब्ध गराउने भएको छ । वैशाख १९ गतेदेखि प्रारम्भ हुने अफर बैशाख २१ गतेसम्म लागु हुनेछ । 

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । 

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

 बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?