३१ असार २०८१, आईतवार

ताजा खबर

हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरुन् ।

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

4489 views

4489 views

हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरुन् ।

हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरुन् ।
 

 
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


तपाईलाई आज करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वाणीमा कुशलता आउने दिन परेको छ । 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

तपाईलाई आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )

तपाईको आजको दिन परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

तपाईको आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्, तर आफन्तहरूको सहयोगले कामहरू बन्नसक्छ । पुनर्मिलनको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

तपाईलाई आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तपाईको आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तपाईको आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

तपाईको आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

तपाईलाई आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

तपाईलाई आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज तपाईको घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

तपाईको आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यस्त पनि भइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका