शनिबार, २४ चैत्र २०८०
11663 views
11663 views
काठमाडौं : चालु आर्थिक वर्षको ८ महिनामा करिब ९ अर्ब रुपैयाँको सेयर कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । विगत १ महिना अवधिमा थप ५७ करोड रुपैयाँको सेयर कर्जा प्रवाह भएको छ । बैंकहरुमा ५ खर्बभन्दा बढी अधिक तरलता रहेको बैंकरहरुले बताइरहँदा सेयर कर्जामा भने सामान्य मात्र सुधार भएको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्म कुल ८५ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । माघ मसान्तसम्ममा यो शीर्षकमा ८५ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यता, गत वर्षको असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यसआधारमा विगत १ महिनामा थप ५७ करोड रुपैयाँ र ८ महिनामा ९ अर्ब ३३ करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह भएको देखिन्छ ।