१७ चैत्र २०८१, सोमबार
ताजा खबर

एभरेष्ट बैंकद्वारा परम्परागत खेलकुद विषयक नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

नागरिक पोष्ट

शनिबार, १५ चैत्र २०८१

936 views

936 views

एभरेष्ट बैंकद्वारा परम्परागत खेलकुद विषयक नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गर्नु भएको छ ।

सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?