६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

तत्कालीन सीआईबी प्रमुख सहित ४ जनालाई कारबाही गर्न अर्को समिति गठन

नागरिक पोष्ट

आईतवार, ११ चैत्र २०८०

11357 views

11357 views

तत्कालीन सीआईबी प्रमुख सहित ४ जनालाई कारबाही गर्न अर्को समिति गठन

काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ। 

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समितिले बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृहका सूचना अधिकारी एकदेव अधिकारीका अनुसार आइतबार गृहका कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको हो। समितिमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र मन्त्रालयको प्रहरी कर्मचारी प्रशासन उपशाखाका उपसचिव रामबहादुर शाही सदस्य छन्।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?