६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

देशको सार्वजनिक ऋण २४ खर्ब हाराहारी

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

6257 views

6257 views

देशको सार्वजनिक ऋण २४ खर्ब हाराहारी

सरकारको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँको हाराहारी पुगेको छ। आम्दानीले खर्च थेग्न नसकेपछि सरकारले धमाधम ऋण काढेर हरहिसाब मिलाउँदै आएपछि सार्वजनिक ऋणको आकार बढेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

गत असारयता मात्रै सार्वजनिक ऋण दुई खर्ब १८ अर्ब रुपैयाँ थपिएको छ। यद्यपि यसबीचमा सरकारले पुरानो ऋणको एक खर्ब २६ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।

कार्यालयका अनुसार फागुनसम्म आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब रुपैयाँ र बाह्य ऋण १२ खर्ब तीन अर्ब रुपैयाँ पुगेको छ।

पछिल्ला वर्षमा संघीय संरचनाका कारण बढेको सरकारको दायित्व, भूकम्प, कोभिड-१९ महामारी लगायत कारण सरकारको खर्च बढेको छ। खर्च बढेको अनुपातमा आम्दानी नबढेका कारण सरकारले ऋण थपिरहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?