मंगलवार, २९ फाल्गुन २०८०
10711 views
10711 views
काठमाडौं– नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६।४६ अंकले बढेको सेयर बजार २१०९।१२ विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।
लगानीकर्ताको मनोबाल बढेसँगै बजारमा उछाल आएको हो । अस्थिर राजनीति गतिविधिले लगानीकर्ता अन्यौलमा थिए। तर, नयाँ सक्तासमीकरणपछि भने उनीहरुको मनोबल दरिलो बन्दै गएको पाइन्छ । यता, नियामक निकायको नीतिगत सुधारले पनि थप टेवा पुगेको हो ।