मंगलवार, २९ फाल्गुन २०८०
8348 views
8348 views
काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो ।
राष्ट्रिय सभाको अध्यक्षका लागि दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेको थियो । दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।