६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

उच्च बिन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

12615 views

12615 views

उच्च बिन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ फागुन । आइतबारदेखि लगातार बढेको सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि सुनको मूल्यले एकैदिन तोलामा १५०० रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

गत आइतबार तोलामा २००० रूपैयाले बढेर सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रूपैयाँ पुगेको थियो । यस्तै सोमबार स्थिर रहेको सुनको मूल्य पुनः मंगलबार तोलामा २००० रूपैयाँले नै बढेर १ लाख २३ हजार रूपैयाँ कायम भएको थियो ।

यस्तै हिजो बिहिबार पनि सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेर १ लाख २३ हजार रूपैयाँ कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख २५००० रूपैयाँ पुगेको छ । यो अहिले सम्मकै उच्च मूल्य हो । यता तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४०० रूपैयाँ निर्धारण भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा ३० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ४७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?