२३ माघ २०८१, बुधबार
ताजा खबर

१२ बर्ष पछि अर्थ फर्केका पुन सामु चुनौती नै चुनौती : निजि क्षेत्रमा जाग्ला आशा !

नागरिक पोष्ट

बिहीबार, २४ फाल्गुन २०८०

9691 views

9691 views

१२ बर्ष पछि अर्थ फर्केका पुन सामु चुनौती नै चुनौती  : निजि क्षेत्रमा जाग्ला आशा !

काठमाडौं, २४ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा आशा जगाउने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  बुधबार राति सिंहदरबारमा अर्थमन्त्रीको कार्यभार ग्रहण गर्दै माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनले जनतालाई निराश हुन नदिने बताएका हुन ।
‘प्रधानमन्त्रीले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ। जनतालाई निराश हुन नदिने गरी अर्थ मन्त्रालयको टिमलाई विश्वासमा लिएर काममा लाग्नेछु।’

यस्तै उहाँले राजस्व संकलनलाई दोब्बर बनाउन सकिने दाबी समेत पेश गर्नुभयो । अहिले नै गत बर्ष भन्दा १० प्रतिशतको वृद्धि रहेको भन्दै उहाँले तत्काल नै त्यसलाई दोब्बर बनाउन सकिने आधार रहेको दाबी गर्नुभयो ।

तर आर्थिक बर्षको ८ महिना सकिनै लाग्दा पनि राजस्व संकलन लक्ष्यको ४३ प्रतिशत मात्र भएको छ । आम्दानी कम खर्च बढी हुँदा राज्य कोष  १ खर्बले घाटामा छ । यो घाटा कम गर्नु र अहिले निराश रहेका निजि क्षेत्रलाई बिश्वासमा लिएर आशा जगाउनु मन्त्री पुनको अहिलेको मुख्य चुनौती रहेको अर्थशास्त्री चन्द्रमणि अधिकारी बताउँछन ।

निजि क्षेत्र पनि मन्त्री पुनको नितिगत सहजीकरणले अर्थतन्त्र लयमा फर्कनेमा आशावादी छ । निर्माण व्यवसायीहरुको रोकिएको ४० अर्ब भुक्तानी दिएमा मात्र पनि अर्थतन्त्र केही चलायमान हुने हुँदा निर्माण व्यवसायी भने भुक्तानीको पर्खाइमा रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?