७ कार्तिक २०८१, बुधबार

ताजा खबर

तोकिएको जिम्मेवारीमा उत्साहित भएर काम गर्न प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

5441 views

5441 views

तोकिएको जिम्मेवारीमा उत्साहित भएर काम गर्न प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कर्मचारीहरुलाई प्राप्त जिम्मेवारीप्रति उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँ प्लाजामा अधिकृत स्तरका ९छैटौँ, सातौँ र आठौँ तह० कर्मचारीहरुसँग छलफल गर्दै भन्नुभयो, ‘यहाँहरुको सक्रियताले महानरपालिकाले लक्षित कार्यक्रममा नतिजा प्राप्त गर्न सक्छ । महानगरपालिकाले लिएका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा तपाईँ उत्साहित बन्नुहोस् । तपाईँहरुको प्रोत्साहनका लागि हामी काम गर्नेछौँ ।’

स्वीकृत कार्यक्रम कार्यान्वयनमा अधिकृत स्तरका कर्मचारीहरुको प्रधान भूमिका हुन्छ । यहाँहरुकै कारण नतिजा आउने हो । जुनियर र सिनियरसँगको समन्वयबाट आफ्नो दायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वाश लिएको छ । उहाँको भनाइ थियो । 


त्यस अवसरमा प्रमुखको सचिवालय सदस्य सुदीप ढकालले, महानगर गौरव र स्वर्णिम योजनाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । नागरिकका सरोकारका विषयमा महसुस योग्य नतिजाका लागि यी कार्यक्रम कार्यान्वयनमा ल्याइएका हुन् । सामुहिक प्रयत्नबाट यी कार्यक्रमबाट नतिजा निकालौँ । उहाँको भनाइ थियो । 

छलफलमा गौरव तथा स्वर्णिम योजनालाई प्राथमिकताका भित्रका प्राथमिक कार्यक्रमका रुपमा कार्यान्वयनमा लैजाने, कार्य प्रणाली सुधार, सेवा प्रदायक र सेवाग्राहीको सम्बन्ध लगायत विषय समेटिएका थिए । 

from : metronews.kathmandu.gov.np

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?