७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आज २०८१ साल कात्तिक ७ गते बुधबारको राशिफल

नागरिक पोष्ट

बुधबार, ७ कार्तिक २०८१

120 views

120 views

आज २०८१ साल कात्तिक ७ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८१ साल कात्तिक ७ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २३ तारिख। कात्तिक कृष्ण पक्षको पष्ठी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष स् आर्थिक अवस्था संकटमा पर्नसक्छ। लगानीका क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। बन्धुसँग गरेको छलफलबाट कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। राजनीतिक संगठनमा धराप थाप्ने साथी सक्रिय छन्। न्याय भने तपाईंको पक्षमा मिल्नेछ। परिवारको साथ मिल्नेछ।

वृष स् राम्रो बोले पनि साथीले गलत व्याख्या गर्नसक्छन्। विदेशी लगानीका क्षेत्रबाट फाइदा हुने योग छ। राजनीतिक संगठनमा सहकार्य नगर्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

मिथुन स् दिन राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। रोगको समयमै उपचार नगरेमा गम्भीर रुप लिनसक्ने देखिन्छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट स् अढैया शनिदेव प्रतिकुल भएकाले बिहानै शिवको भजन सुन्नुभएमा फाइदा हुनेछ। तपाईंले सोचेका काम बन्नेछन्। उपचारकोक्रममा भए रोगको पहिचान हुनेछ। परिवारले राम्रो साथ र सहयोग दिने योग छ।

सिंह स् श्रमको प्रतिफल प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा निर्भर हुँदा धोका हुनसक्छ। कर्तव्य मात्र पुरा गर्नु अवश्यक देखिन्छ। नियमित औषधी सेवन गरेमा रोगबाट मुक्ति मिल्नेछ।

कन्या स् लगानी गरेको भए राम्रो प्रतिफल मिल्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। सोचेका काम बन्नेछन्। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारले राम्रो रेखदेख गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला स् बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
लगानीका क्षेत्रमध्ये विदेशले मन तान्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने जोखिम छ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

वृश्चिक स् उदयशुक्र आफ्नै राशिमा रहेकाले समाजमा तपाईंको बोलीको प्रभाव पर्नेछ। सानो कुराले मन कमजोर हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु स् उच्च स्थानमा चन्द्रमा र मंगल ग्रह बसेका छन्। राज्यका अंगबाट तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वदेश तथा विदेशमा तपाईंको प्रशंसा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

मकर स् अन्त्य साढेसाती शनिदशा चल्दैछ। अनुत्पादक क्षेत्रमा धन खर्च हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। साथीभाइ र दाजुभाइले राम्रो साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ।

कुम्भ स् आफ्नै राशिमा शनिदेव पुगेका छन्। साना कुरामा झन्झट र रिस बढ्नसक्छ। बिहानै उठेर शिवको भजन सुनेमा मन शान्त बन्नेछ। शनिदेव सकारात्मक भए तपाईंको दिन राम्रो बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट मनमा उत्साह बढ्नेछ। बौद्धिक कुराको प्रभाव बढ्नेछ।

मीन स् खानपानमा समस्या हुनसक्छ। रोगले सताउने जोखिम देखिन्छ। आध्य शनिदेवलाई खुशी पार्न गणेशलाई दूबो चढाएमा दिन शान्त बन्नेछ। परिवारसँग खुशीका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?