७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन २००० रूपैयाँले बढ्यो

नागरिक पोष्ट

मंगलवार, २२ फाल्गुन २०८०

10201 views

10201 views

मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन २००० रूपैयाँले बढ्यो


काठमाडौं, २२ फागुन । गत आइतबार एकैदिन तोलामा २००० रूपैयाँले बढेको सुनको मूल्य आज पनि तोलामा २००० रूपैयाँले नै बढेको छ ।  मंगलबार १ लाख २३ हजार रुपैयाँ पुगेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २२ हजार ४०० रूपैयाँ निर्धारण भएको छ ।

सोमबार स्थिर रहेको सुन आइतबारको मूल्यमा कारोबार भएको थियो । आइतबार र सोमबार छापावाल सुन तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?