७ कार्तिक २०८१, बुधबार

ताजा खबर

“अर्को बिश्व सम्भव छ” भन्ने नाराका साथ नेपालमा आयोजना हुदै

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

8450 views

8450 views

“अर्को बिश्व सम्भव छ” भन्ने नाराका साथ नेपालमा आयोजना हुदै

बिश्व सामाजिक मञ्च को आयोजनामा २० वर्षपछि एसियामा १६ औं संस्करणको रुपमा “अर्को बिश्व सम्भव छ” भन्ने नाराका साथ नेपालमा आयोजना हुदैछ । उक्त अवसरमा, बिश्वभरीका सामाजिक अभियन्ताहरु एक ठाउमा उपस्थित हुदै मिति २०८० फाल्गुण ३ देखी ७ गतेसम्म काठमाण्डौमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक संस्था एवं ट्रेड युनियनहरु, नागरिक समाज आदिले बिभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दैछन् । बिश्व सामाजिक मञ्चले साम्राज्यवाद र सैन्यवादको बिरोध गर्दछ र सामाजिक आन्दोलनहरुको अनुभव आदानप्रदान गर्न, बैकल्पिक बिचारहरु प्रतिविम्वित गर्न, बहस गर्न एवं मानिसहरुले सामना गरिहेको वर्तमान संकटहरुको लागि बैकल्पिक बाटो खोज्न प्लेटफर्म निर्माण गर्दछ । नवउदारवाद र पुँजीवादको फैलावट र प्रभुत्वले हरेक क्षेत्रमा चरम असमानता भैरहेको परिपेक्ष्यमा, श्रमिक अधिकार, आप्रवासन, जलवायु न्याय, वातावरणीय दिगोपन, आर्थिक असमानता, बिश्वब्यापी वित्तीय प्रणाली, शान्ति, न्याय, मानव अधिकार लगायतका बिषयमा छलफल केन्द्रित यो मञ्चले नयाँ सन्देश प्रवाह गर्नेछ ।  
यस केन्दले “श्रम अधिकार सुनिश्चितता– सामाजिक न्याय प्रवद्र्धन” नाराका साथ उद्घाटन शत्रमा बृहत ¥यालीमा सहभागिता जनाउनुका साथै २०८० फाल्गुण ६ गते श्रम सरोकारित बिज्ञहरु बिशेष वक्ताहरु सहित करिव २५०० सहभागिहरुको उपस्थितिमा नेपाल लेवर फोरमको आयोजना गर्दैछ । त्यस्तै बिश्व सामाजिक मञ्चमा नेपालका जेटियुसीसी आवद्ध ट्रेड युनियनहरुले सम्वन्धित मुद्धाहरुममा बिभिन्न कार्यक्रमहरु समेत आयोजना गरिरहेका छन् । 
शान्तिका प्रतिक गौतम बुद्ध जन्मिएको देश नेपालको ऐतिहाँसिक नगरी काठमाण्डौमा बिश्व सामाजिक मञ्च आयोजना हुनु गौरवको बिषय हो । श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त टे«ड युनियन महासंघहरुको साझा संस्था यस संयुतm टे«ड युनियन समन्वय केन्द्र (जेटियुसीसी) आयोजकहरु प्रति हार्दिक आभार ब्यक्त गरेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?