७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सगरमाथा आरोहणमा नयाँ नियम लागू : आफ्नो मलमूत्र बोकेरै फर्किनुपर्ने

नागरिक पोष्ट

सोमबार, २९ माघ २०८०

7498 views

7498 views

सगरमाथा आरोहणमा नयाँ नियम लागू : आफ्नो मलमूत्र बोकेरै फर्किनुपर्ने

काठमाडौ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?