७ कार्तिक २०८१, बुधबार

ताजा खबर

१० प्रतिशतले राजस्व बढ्यो, टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्दैछ- प्रधानमन्त्री प्रचण्ड

नागरिक पोष्ट

शनिबार, २७ माघ २०८०

7600 views

7600 views

१० प्रतिशतले राजस्व बढ्यो, टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्दैछ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजस्व संकलनमा रहेको निराशा हट्दै गएको बताएका छन् ।  नुवाकोट महोत्सव उद्घाटन गर्दै प्रचण्डले राष्ट्रिय ढुकुटी सन्तोषजनक हालतमा नरहे पनि पछिल्लो समय यसमा सुधार आएको दाबी गरे । योजना आयोगले प्रश्तुत गरेको तथ्यांक अनुसार १० प्रतिशत राजस्व बृद्धि भएको आफूलाई जानकारी प्राप्त भएको प्रधानमन्त्रीले बताएका हुन् । उनले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको र विदेशी पर्यटक बढ्दो अवस्थामा रहेकाले देशको अर्थतन्त्र विस्तारै लयमा आएको बताए । 
टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्दै गएकोमा पनि उनले खुसी व्यक्त गरे ।  बालाजु–रानीपौवा–त्रिशूली सडकको लागी १ अर्व ३३ करोड रुपैयाँ बजेट निकाशा भएर निर्माण कार्य अघि बढेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । उनले जग्गाको कारोवारले विस्तारै गति लिन थालेको भन्दै आफूहरु सरकारमा आइसकेपछी जग्गाको कित्ताकाट खोलेकोमा गर्व गरे । जसका कारण अहिले जग्गाको कारोबवारमा बृद्धि हुन थालेको उनको तर्क थियो ।

जलवायु परिवर्तनका कारण यसको वातावरणीय असर भोग्नु पर्ने दुर्दशा बढ्दै जाँदा देशमा अन्तर्राष्ट्रिय सहयोग समेत यसै कारणले बढ्न थालेको प्रधानमन्त्रीले बताएका छन् ।

टोखा–छहरे सुरुङमार्गको काम अघि बढ्दै गएकोमा पनि उनले खुसी व्यक्त गरे । हिजो विहानमात्रै चिनियाँ राजदुतसँग भेट भएको र यस परियोजनाका बारेमा छलफल भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?